काठमाडौं, २०८२ जेठ १० — पछिल्लो समय पर्यटन भिसाको नाममा विदेश जाने नेपाली नागरिकहरूको संख्यामा तीव्र वृद्धि भएसँगै मानव तस्करीको जोखिम बढेको भन्दै सरकार चिन्तित बनेको छ। गृह मन्त्रालयले अध्यागमन र सुरक्षासम्बन्धी निकायहरूलाई निगरानी कडाइ गर्न निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार केही व्यक्तिहरू भ्रमणको बहानामा तेस्रो मुलुक हुँदै अवैध रूपमा रोजगारी वा अन्य कार्यमा संलग्न हुने क्रम बढिरहेको छ। विशेषगरी कतिपय युरोपेली र खाडी मुलुकहरूमा पुगेका नागरिकहरू उतै अलपत्ता हुने, अथवा जबर्जस्ती श्रममा लगाइने जस्ता गतिविधिमा संलग्न हुने संकेतहरू पाइएको जनाइएको छ।
गृह मन्त्रालयका प्रवक्ताले भने, "पर्यटन भिसाको दुरुपयोग गरी मानव तस्करी गर्न सक्ने आशंकाले हामीले अध्यागमन प्रणालीलाई थप चुस्त बनाउन निर्देशन दिएका छौं।"
सरकारले आम नागरिकलाई सावधान रहन र अवैध मार्ग वा झुटा प्रलोभनमा नपर्न आग्रह गरेको छ। साथै, शंकास्पद यात्रा योजनाहरूको गहिरो अध्ययन तथा निगरानी प्रक्रिया अघि बढाइएको छ।
0 Comments